शरणार्थीको हत्या

भूटानी शरणार्थी शिविर बेलडाँगी सेक्टर ३ का ४० वर्षीय के.बी. खड्काको ९ सेप्टेम्बर २००९, बिहान साढे ६ बजेतिर खुकुरी प्रहार गरी हत्या गरिएको छ ।
दमक बेलडागी सडक खण्डमा मोटर साइकलमा सवार दुइ अज्ञात व्यक्तीले पहिले रडले प्रहार गरी पछि खुकुरी प्रहार गरेर उनको हत्या गरेका थिए । स्वदेश फिर्ती अभियानमा सक्रीय उनको कसले के का लागि हत्या गरे भन्ने कुरा रहस्यमय बनेको छ भने अहिलेसम्म कुनै पनि समूहले यसको जिम्मेवारी लिएको छैन ।