फुंचोलिङ्गमा बम बिष्फोट


फुंचोलिङ्गमा बम बिष्फोट



फुंचोलिङ्गः १३ अक्टोबर २०११


गत १० अक्टोबर २०११ को साँझ फुंचोलिङ्गमा पुनः बम बिष्फोट भएकोछ । उक्त बिष्फोट दुइ चरणमा भएको थियो । पहिलो बिष्फोट साँझ साडे ६ बजे र अर्को बिष्फोट केही मिनेट पछि भएको थियो । उक्त बिष्फोटमा जनधनको सामान्य क्षति भएको स्थानीय प्रशासनले जनाएकोछ ।



पहिलो बिष्फोट ट्राफिक को घुम्ति छेउमा भएको थियो भने दोस्रो बिष्फोट होटल पेल्जोरलिङ्ग को विपरित दिशामा भएको थियो । उक्त घटनालाई हेरेर प्रशासनले सुरक्षा व्यवस्थालाई कडा पारेको त्यहाँका पर्शासन पमुख डुङपा तेन्जिन थिन्लेले जनाएकाछन् । यस्तै बिष्फोट गत् मई महीनामा पनि भएको थियो । । उक्त बिष्फोटको जिम्मा यू‍ आर एफ बी नामक संगठनले लिएको थियो । यसपालिको बिष्फोटको जिम्मा पनि सोही संगठनले लिएकोछ भनी नेपालका अखबारले जनाएकाछन् ।


उक्त घटनाहरुले के दर्शाउँछ भने दिनानुदिन भूटानी सुरक्षा व्यवस्था कम्जोर बन्दै जाँदैछ अौ संघर्षकारी हरुको बर्चस्व घनिभूत हुँदै गइरहेकोछ । उक्त घटना भर्खरै जिग्मे गेसार नाम्ग्याल वाङ्छुक दक्षिण भूटानको भ्रमणमा आएको बेला भएको थियो ।